Google नक्साका प्रयोगकर्तालाई लागू हुने सेवाका अतिरिक्त सर्तहरू
पछिल्लो पटक संशोधन गरिएको: ४ जुन २०२५
तपाईंले Google नक्सा वा Google Maps Platform का सेवाहरू इन्टिग्रेट गर्ने कुनै पनि तेस्रो पक्षीय उत्पादन वा सेवाहरू प्रयोग गर्दा एक प्रयोगकर्ताका रूपमा तपाईंले (१) Google का सेवाका सर्त र (२) Google नक्साका सेवाका यी अतिरिक्त सर्तहरू (“नक्साका अतिरिक्त सर्तहरू”) अनिवार्य रूपमा स्वीकार गर्नु पर्ने हुन्छ। नक्साका अतिरिक्त सर्तहरूमा Google नक्सा/Google Earth सम्बन्धी कानुनी सूचना र Google नक्सा/Google Earth का API हरू पनि सन्दर्भका रूपमा समावेश गरिएका छन्।
कृपया यी सबै डकुमेन्टहरू ध्यानपूर्वक पढ्नुहोस्। यी डकुमेन्टहरूलाई समग्रमा “सर्तहरू” भनिन्छ। यी सर्तहरूमा तपाईंले हाम्रा सेवा प्रयोग गर्दा अपेक्षा गर्न सक्ने कुराका साथै हामीले तपाईंबाट अपेक्षा गर्ने कुराहरूका बारेमा बताइएको छ।
तपाईंले आफ्नो बिजनेस प्रोफाइल व्यवस्थापन गर्न Google नक्सामा व्यापारीहरूका लागि मात्र उपलब्ध सुविधाहरू प्रयोग गर्नुहुन्छ भने ती सुविधाहरूको प्रयोगमा https://support.google.com/business/answer/9292476 मा दिइएका Google बिजनेस प्रोफाइलका सर्तहरू लागू हुन्छन्।
हामी तपाईंलाई हाम्रो गोपनीयता नीति पढ्न प्रोत्साहन गर्छौँ। यसमा हामी के कस्ता जानकारी सङ्कलन गर्छौं, किन सङ्कलन गर्छौं र तपाईं कसरी आफ्नो जानकारी अपडेट, व्यवस्थापन तथा एक्स्पोर्ट गर्न र मेटाउन सक्नुहुन्छ भन्ने कुराको जानकारी दिइएको छ।
लाइसेन्स। तपाईंले यी सर्तहरूको पालना गरेसम्म तपाईं Google का सेवाका सर्तहरूबमोजिम निम्न कार्य गर्न प्रयोग गर्न सकिने सुविधाहरूसहित Google नक्सा प्रयोग गर्ने लाइसेन्स पाउनुहुन्छ:
नक्सा हेर्ने र एनोटेसन गर्ने;
KML फाइल र नक्साका तहहरू सिर्जना गर्ने; र
अनलाइन, भिडियो तथा प्रिन्टमा उपयुक्त तरिकाले श्रेय दिइएका सामग्री सार्वजनिक रूपमा देखाउने।
तपाईंले Google नक्सामार्फत गर्न पाउने विशेष कामहरूका बारेमा थप जानकारी प्राप्त गर्न Google नक्सा, Google Earth र Street View को प्रयोगसम्बन्धी अनुमतिहरू भएको पेज हेर्नुहोस्।
प्रतिबन्धित कार्य। Google नक्सा प्रयोग गर्ने लाइसेन्स पाउन तपाईंले खण्ड २ अनिवार्य रूपमा पालना गर्नु पर्ने हुन्छ। Google नक्सा प्रयोग गर्दा तपाईं निम्न कार्य गर्न (वा तपाईंका तर्फबाट काम गर्ने व्यक्तिमार्फत निम्न कार्य गराउन) पाउनुहुन्न:
Google नक्साको कुनै पनि अंश पुनः वितरण वा बिक्री गर्न वा Google नक्सामा आधारित नयाँ उत्पादन वा सेवाहरू बनाउन;
सामग्रीको प्रतिलिपि बनाउन (Google नक्सा, Google Earth र Street View को प्रयोग सम्बन्धी अनुमतिहरू भएको पेज वा "उचित प्रयोग" लगायतका बौद्धिक सम्पत्तिसम्बन्धी कानुनले तपाईंलाई प्रतिलिपि बनाउन अन्य तरिकाले अनुमति दिएको अवस्थामा बाहेक);
ठुलो मात्रामा सामग्री डाउनलोड गर्न वा सामग्रीको विशाल फिड बनाउन (वा अरू कसैलाई त्यसो गर्ने अनुमति दिन);
Google नक्साको सट्टामा प्रयोग गर्न सकिने वा Google नक्सासँग एकदमै मिल्दोजुल्दो सेवामा प्रयोग गर्नका लागि नक्सासम्बन्धी अन्य डेटासेट (जस्तै: नक्साङ्कन वा नेभिगेसनसम्बन्धी डेटासेट, व्यवसायको सूचीसम्बन्धी डेटासेट, पत्राचार सूची वा टेलिमार्केटिङ सूची) बनाउन वा विस्तार गर्न Google नक्सा प्रयोग गर्न; वा
रियल टाइम नेभिगेसन वा सवारी साधनको स्वचालित नियन्त्रणका लागि वा सो सम्बन्धमा अन्य मान्छेहरूका उत्पादन वा सेवाहरूसँग Google नक्साको कुनै अंश प्रयोग गर्न (तर Google ले उपलब्ध गराएका Android Auto लगायतका खास सुविधाका माध्यमबाट भने प्रयोग गर्न पाइन्छ)।
वास्तविक अवस्थाहरू; जोखिम वहन। Google नक्साको नक्सासम्बन्धी डेटा, ट्राफिक, जाने बाटो र अन्य सामग्री प्रयोग गर्दा तपाईं नक्सामा देखाइएका परिणाम तथा सामग्री र वास्तविक अवस्थाका बिचमा भिन्नता रहेको पाउन सक्नुहुन्छ। त्यसैले आफ्नो स्वविवेकको प्रयोग गर्नुहोस् र आफैँ जोखिम मोलेर Google नक्सा प्रयोग गर्नुहोस्। तपाईं आफ्ना गतिविधि र तिनका परिणामहरूका लागि सधैँ स्वयं जिम्मेवार हुनुहुन्छ।
Google नक्सामा भएको तपाईंको सामग्री। तपाईंले Google नक्सा प्रयोग गरी अपलोड, पेस, भण्डारण, प्रेषण वा प्राप्त गर्नुभएको सामग्रीमा Google का सेवाका सर्तहरूका साथै “तपाईंको सामग्री प्रयोग गर्ने अनुमति”. नामक खण्डमा उल्लिखित लाइसेन्स लागू हुन्छन्। तर तपाईंको डिभाइसको भण्डारणमा मात्रै रहने सामग्री (जस्तै डिभाइसमा मात्र भण्डारण गरिएको KML फाइल) Google मा अपलोड वा पेस नगरिने भएकाले उक्त सामग्रीमा लाइसेन्सका सर्तहरू लागू हुँदैनन्।
सरकारी प्रयोगकर्ताहरू। तपाईं कुनै सरकारी निकायका प्रतिनिधिका रूपमा Google नक्सा प्रयोग गर्दै हुनुहुन्छ भने निम्न सर्तहरू लागू हुन्छन्:
नियामक कानुन।
संयुक्त राज्य अमेरिका र युरोपेली संघका नगर वा राज्यमा रहेका सरकारी एकाइहरूका हकमा Google का सेवाका सर्तहरूमा रहेको नियामक कानुन र क्षेत्राधिकारसम्बन्धी खण्ड लागू हुने छैन।
संयुक्त राज्य अमेरिकाका संघीय सरकारी एकाइहरूका हकमा Google का सेवाका सर्तहरूमा रहेको नियामक कानुन र क्षेत्राधिकारसम्बन्धी खण्डको ठाउँमा निम्न प्रावधान राखिएको छ:
“यी सर्तहरू कानुन बाझिने अवस्थालाई ध्यान नदिई संयुक्त राज्य अमेरिकाका कानुनहरूअनुसार नियमन, व्याख्या तथा लागू गरिने छन्। संघीय कानुनले अनुमति दिएको हदसम्म मात्र: (क) प्रचलित संघीय कानुन छैन भने क्यालिफोर्निया राज्यका कानुनहरू (क्यालिफोर्नियाको कानुन बाझिएको अवस्थामा लागू हुने नियमहरूबाहेक) लागू हुने छन्; र (ख) यी सर्तहरू वा Google नक्साका कारणले उत्पन्न हुने वा तिनीहरूसँग सम्बन्धित कुनै पनि विवादका सम्बन्धमा क्यालिफोर्नियाको सान्टा क्लारा काउन्टीमा रहेका संघीय अदालतहरूमा मात्र मुद्दा दायर गर्न पाइने छ र विवादमा संलग्न सबै पक्ष ती अदालतहरूको व्यक्तिगत अधिकार क्षेत्रमा सहमति जनाउँछन्।”
सं. रा. अमेरिकाको सरकारले प्रतिबन्ध लगाएका अधिकारहरू। संयुक्त राज्य अमेरिकाको संघीय सरकारले गर्ने वा यसका लागि गरिने Google नक्साका सबै किसिमको प्रयोगमा Google नक्सा/Google Earth सम्बन्धी कानुनी सूचनाहरूमा रहेको "सं. रा. अमेरिकाको सरकारले प्रतिबन्ध लगाएका अधिकारहरू" खण्ड लागू हुने छ।